सेरेना विलियम्सलाई हराउँदै जर्मनीकी एन्जेलिक केर्बेरले विम्बल्डन टेनिसको उपाधि

Avatar photo
Dhadingpost
असार ३१, २०७५

काठमाडौं, असार ३१ । शनिबार सेन्टर कोर्टमा भएको फाइनल खेलमा केर्बेरले सेरेनालाई ६–३ र ६–३ को सोझो सेटमा सहजै पराजित गरिन् ।

अमेरिकी सेरेना विलियम्सलाई हराउँदै जर्मनीकी एन्जेलिक केर्बेरले विम्बल्डन टेनिसको उपाधि जितेकी छिन् ।

३० वर्षीया केर्बेरको यो तेस्रो ग्राण्डस्लाम उपाधि हो। ३६ वर्षीया सेरेना हालै सुत्केरी भएकी थिइन् । उनी ९ महिनापछि मैदान छिरेकी थिइन् ।