पुर्व प्रधानमन्त्री नवाज सरिफ आज स्वदेश फर्कदै

Avatar photo
Dhadingpost
असार २९, २०७५

काठमाडौं, असार २९ । भ्रष्टाचार मुद्दामा १० वर्षको जेल सजाय पाएका पाकिस्तानका पुर्व प्रधानमन्त्री नवाज सरिफ आज स्वदेश फर्कदैछन् ।

नवाज, छोरी मर्यमसँगै लण्डनबाट लाहोर फर्कन लागेका हुन् । सरिफ बाबु–छोरी मुुलुक फर्किए लगत्तै पक्राउ पर्ने भएको छ ।

६७ वर्षिय सरिफले पाकिस्तानी सेनाले आफु विरुद्ध षड्यन्त्र गरिरहेको आरोप लगाउदै आएका छन् ।

सरिफको स्वागतका लागी हजारौं समर्थक विमानस्थल पुग्नेछन् । सरिफ फर्कनु अघि उनका पार्टीका सयौं समर्थकलाई पाकिस्तानी प्रहरीले नियन्त्रणमा लिएको छ ।

पाकिस्तानमा तीन कार्यकाल प्रधानमन्त्रीको जिम्मवारी सम्हालेका नवाज सरिफले भ्रष्टचारमा मुछिएपछि गत वर्ष पदबाट राजिनामा दिएका थिए ।