काठमाडौं, असार २७ । मैथिली भाषाको चलचित्र भारतको मुम्बईमा निर्माण भएको ‘प्रेमक बसात’ एउटा प्रेम कथामा आधारित फिल्म सार्वजनिक गरिएको छ ।
जेएनके इन्टरटेन्टमेन्टको ब्यानरमा एक करोड लगानिमा तयार भएको चलचित्रलाइ नेपालका विभिन्न शहरसहित भारत, दुबई, कतार अष्ट्रेलिया लगायतका देशमा एकैसाथ रिजिल गर्ने तयारी रहेको निर्माण युनिटले जानकारी गरेको छ । आगामी अगस्ट १ तारिखमा काठमाडौंमा बिशेष च्यारिटी शो गरिने भएको छ ।
उच्च आधुनिक प्रविधिबाट निर्माण भएको यो फिल्मलाई वेदान्त झाले निर्माण गरेका छन् । फिल्मका लेखक रुपक सरर हुन् भने संगित सरोज सुमन, प्रवेश मल्लिक, एस। कुमारको रहेको छ । यस फिल्ममा आइटम डान्स नम्रता अधिकारीले दिएकी छिन् ।
भारतको मुम्बईमा निर्माण भएको ‘प्रेमक बसात’ एउटा प्रेम कथामा आधारित फिल्म हो । हिन्दु मुश्लिमले एक अर्कासँग विहे गर्दा आइपर्ने समाजिक समस्यामा आधारित चलचित्रमा नेपालका मोडल पियूष कर्णको मूख्य भूमिका रहेको छ भने सह कलाकारको रुपमा कल्कत्ताकी चर्चित नायिका रैना बेनर्जीले अभिनय गरेकी छिन् । भारतका चर्चित गायक आदित्य नारायण र तोचि रैनाले मैथिली चलचित्रको गीतमा पहिलोपटक आवाज भरेका छन् ।
