काठमाडौँ, असार २७ । विश्वकै प्रतिष्ठित क्लब बार्सिलोनाले आर्थर हेनरिक रामोस डी ओलिभेरालाई क्लबमा अनुबन्धित गरेको छ ।
लामो समयदेखि बार्सिलोनाले उनको खेललाई नियाली रहेको थियो ।
मिडफिल्डमा पोख्त रहेका उनलाई अन्ततः क्लबले २७÷५ मिलियन पाउण्डमा अनुबन्ध गरेको मिडिया रिपोर्टमा उल्लेख छ । आर्थरलाई ६ बर्षका लागि अनुबन्ध गरेको हो ।
मिडिया रिपोर्टका अनुसार उनको ‘वाइआउट क्लज’ ३ सय ५० मिलियन पाउण्ड राखिएको छ । उनलाई बार्सिलोना टिमले विशेष प्राथमिकता दिने बताइएको छ । २१ बर्षिय आर्थरले अहिलेसम्म राष्ट्रिय टोलीमा स्थान बनाएका छैनन् ।
ब्राजिलियन स्टार खेलाडी फिलिपिन्हो कोटिन्होले बार्सिलोनामा सानदार प्रदर्शन गरिरहेका छन् । उनको आगमनले पनि कोटिन्होलाई थप उर्जा मिल्ने बताइएको छ ।
