
धादिङबेसी असार २५। ‘महिला हिंसा विरुद्ध हाम्रो संकल्प, खेलकुदमा महिला सहभागिता उत्तम विकल्प’ भन्ने नाराका साथ ३ दिने क्षेमता अभिवृद्धि कार्यक्रम धादिङबेसीमा सम्पन्न भएको छ ।
राष्ट्रिय खेलकुद परिषदले आयोजना गरेको कक्षा ८, ९ र १० का छात्राहरु सहभागि तालिम सोमबार एक विशेष कार्यक्रम गर्दै समापन गरिएको हो ।
राष्ट्रिपति खेलकुद महिला सहभागिता अभिवृद्धि परियोजना अन्तरगतको शनिबार देखि धादिङबेसी स्थित कवर्डहलमा भएको उक्त कार्यक्रममा २ सय भन्दा बढी छात्राहरु सहभागि थिए ।
राष्ट्रिय खेलकुद परिषदबाट आएका कुरुदय सेल्प डिफेन्स मास्टरआर्टका दुई प्रशिक्षकहरु राजु पौडेल र यशोदा श्रेष्ठले तीन दिन सम्म सहभागि विद्यार्थीहरुलाई लैङ्गिता, यौन दुव्र्यवहार र लैङ्गिक हिंसा, खेल र विद्यार्थी जिवन विषयमा सहजि करण गरेका थिए ।

राष्ट्रिय खेलकुद परिषदको आयोजना, जिल्ला खेलकुद समन्वय समिति धादिङको समन्वय र नीलकण्ठ माविको व्यवस्थापनमा भएको उक्त तालिममा नीलकण्ठ, पशुपति, देउराली र बालमन्दिर माविका विद्यार्थीहरु सहभागि भएका थिए ।
जिल्लाका सबै विद्यालयबाट प्रतिनीधिमुलक तालिममा सहभागि गराउने योजना भए पनि अधिकाँश विद्यालयमा परिक्षा चलि रहेकोले केहि विद्यालयका विद्यार्थीलाई मात्र अहिले सहभागि गराईएको र आगामी कार्यक्रममा सबै विद्यालयहरुले समेटेने गरि कार्यक्रममा गरिने कार्यक्रम अनुगमन समितिका मिना ज्ञवालीले बताईन ।
