आत्मघाती बम आक्रमण हुँदा कम्तिमा १९ जनाको मृत्यु

Avatar photo
Dhadingpost
असार १८, २०७५

काठमाडौं, असार १८ । अफगानिस्तानको पूर्वी शहर जलालावादमा भएको आत्मघाती बम आक्रमण हुँदा कम्तिमा १९ जनाको मृत्यु भएको छ ।

मारिने अधिकांश शिख समुदायका मानिस रहेका छन् । उक्त बिस्फोटमा स्थानीय शिख नेता अवतार सिंह खालसा पनि मारिएको जनाईएको छ ।

राष्ट्रपति घानी दुई दिनका लागि जलालावादमा आउनुभएको थियो । अवतार सिंह आगामी अक्टोबरमा हुने संसदीय चुनाव लड्ने योजनामा रहेको बताइएको छ । इस्लामिक स्टेटले घटनाको जिम्मेवारी लिएको छ ।

राष्ट्रपति असरफ घानीसँग भेट गर्न जाँदै गरेका शिख समुदायका मानिससवार गाडिमा बम विस्फोट गराइएको हो ।