खाल्टेमा डम्बर श्रेष्ठ स्मृति दिवस मनाइयो

Avatar photo
Dhadingpost
असार ८, २०७५

धादिङ असार ७ । नीलकण्ठ नगरपालिका स्थित खाल्टेमा जनयुद्धका सहिद डम्बर बहादुर श्रेष्ठको १६ औं स्मृति दिवस मनाईएको छ ।

नेकपा धादिङका नेता तथा जिउँदो सहिद रामबहादुर भण्डारीको प्रमुख आतिथ्यतामा सहिद डम्बर बहादुर श्रेष्ठको १६ औं स्मृति दिवस मनाईएको हो ।

सहिद वेपत्ता घाइते अपाङ्गहरुको स्मरण गर्दै भण्डारीले मुलक बलिदानी पूर्ण इतिहास रच्दै अगाडी बढेको हो । सहिदका सपना अनुरुप नै नेकपा पार्टी बनेको हो अब समृद्धि र सुसाशनले छलाङ मार्ने बताएका थिए । बाबुराम, विप्लव र बैद्य जि हरुलाई पनि नेकपामा लामबद्ध हुन आव्हान गरिरहेको बताउँदै सबै वाम एकठाम अबको आवश्यकता रहेको भण्डारीले बताए ।

पञ्चकन्या माध्यामिक विद्यालयकाले आफ्नो विद्यालयका पूर्व शिक्षक सहिद डम्बर बहादुर श्रेष्ठ सम्झनामा बिहिबार गरेको उक्त स्मृति दिवस कार्यक्रम डिल बहादुर श्रेष्ठको सभापतित्वमा शिक्षक नयन के सीले संचालन गरेका थिए ।

यो पनि पढौं
धादिङ खनियाबास हत्याकाण्डका ३ योद्धा –संस्मरण