एजेन्सी, असार ६ । मेक्सिको फुटबल टिमले विश्वकप २०१८ को पहिलो खेलमा जर्मनीलाई पराजित गर्यो । ३९ वर्षीय कप्तान माक्र्वेइजलाई अमेरिकाले मनि लण्डरिङको आरोपमा कालोसूचिमा राखेको छ ।
त्यही टिमका कप्तान रफायल मार्क्वेइज अमेरिकामा प्रतिबन्धित छन् भन्दा तपाईंलाई अनौठो लाग्न सक्छ । तर वास्तविक भने यही हो ।
जवाफमा मार्क्वेइजले कुनै पनि अमेरिकन ब्राण्ड प्रयोग गर्दैनन् । यसले गर्दा उनी आफ्नै साथीभन्दा पनि फरक देखिन्छन् । उनको टिमले पनि उनलाई अमेरिकासँग कुनै पनि सम्बन्ध नभएको होटलमा राख्न, सामानहरु प्रयोग गराउन प्रयास गर्छन् ।
यही अप्ठेरोले कहिलेकाँही उनलाई उनका साथीहरुभन्दा फरक होटेलमा पनि राख्ने गरिन्छ । यही कारणले कर्पोरेट स्पोन्सरहरु पनि उनीसँग सकेसम्म टाढा हुन खोज्छन् ।
३९ वर्षीय कप्तान माक्र्वेइजलाई अमेरिकाले मनि लण्डरिङको आरोपमा कालोसूचिमा राखेको हो । यही कारणले रफायलको अमेरिकासँग कुनै प्रकारको सम्बन्ध छैन । कालोसूचिमा परेका उनीसँग अमेरिकाका नागरिक र अमेरिकाका बैंकहरुले कुनै पनि प्रकारको कारोबार गर्न पाउँदैनन् ।
