अब नेपाल–जापान सिधा हवाई उडान

Avatar photo
Dhadingpost
असार ५, २०७५

नेपाली जहाजले सिधै जापानका विभिन्न सहरमा उडान गर्न पाउने बाटो खुलेको छ ।

नेपाल र जापान सरकारका प्रतिनिधिबीच सोमबार भएको सम्झौतासँगै नेपाल–जापान तथा जापान–नेपाल सिधा उडानको बाटो खुलेको खबर आजको अन्नपूर्ण पोष्ट दैनिकले छापेको छ ।

दुई पक्षीय सम्झौताअनुसार नेपाली जहाजले जापानको हानेडा विमानस्थलबाहेक सबै ठाउँमा उडान भर्न पाउने संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका उपसचिव प्रमोद नेपालले जानकारी दिए ।

अब नेपाली जहाजले सातामा १४ वटा उडान भर्न पाउनेछन् ।

x