काठमाडौँ, असार ३ । नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकट अनेरास्ववियु (क्रान्तिकारी) को आह्वानमा आज निजी विद्यालयमा हडताल भएको छ ।
हडतालका कारण काठमाडौँ उपत्यकालगायत अधिकांश स्थानका निजी ९संस्थागत० विद्यालय बन्द भएको बताउँदै निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन ९प्याब्सन० का अध्यक्ष विजय सम्बाहाम्फेले माग पूरा गर्ने नाममा विद्यालय बन्द गराउनु गलत भएको बताउनुभयो । सामुदायिक विद्यालयमा भने पढाइ भइरहेको छ ।
सो संगठनका अध्यक्ष चिरञ्जीवी ढकाललगायत नेताको पक्राउ र निजी विद्यालयमा लिइएको बढी शुल्क फिर्ता गर्ने सहमति कार्यान्वयन नभएको जनाउँदै शैक्षिक हडतालको आह्वान भएको हो ।
