एजेन्सी, असार १ । मानव शरीरको महत्वपूर्ण अंगमध्ये एक हो मृगौला अर्थात किड्नी । यसले शरीरमा रगत सफा गर्ने देखि, हार्मोन बनाउने, खनिज सोस्ने, मुत्र उत्पादन गर्ने र विजातीय पदाथलाई शरीरबाट निस्कासन गर्ने काम गर्दछ ।
नेपालमा केही बर्ष यता मृगौला रोगीको संख्या अस्वभाविक रुपमा बढ्दै गएको चिकित्सकहरु बताउँछन् । यसले हाम्रो समाजमा एक प्रकारको त्रास सृजना गरेको छ । हामीले सानो सानो कुरामा ध्यान नपुर्याउँदा पनि हाम्रो मृगौला खराव भएको हुन सक्छ । कसरी सतर्क रहन सकिन्छ त मृगौला रोगबाट केही बच्ने उपाय
प्रशस्त पानी पिउने
हामीले हाम्रो शरीरलाई आवश्यक पर्ने जति पानी नियमित पिउने गर्नु पर्दछ । यदि पानी कम पिउनाले यसको सबै भन्दा पहिलो र खराव प्रभाव मृगौलामा पर्छ। पानीको अभावले गर्दा मृगौलाले रगत सफा गरेर फोहोर फ्याँक्न कठिन हुन्छ। यसले उल्टो परिणाम दिन्छ शरीरमा टक्सिन जम्मा हुन्छ ।
नून कम प्रयोग गर्ने
खानामा चर्को नून खाने बानी राम्रो होइन । नूनको प्रयोग कम गर्नु पर्दछ । यसले मृगौलामा दवाव पैदा गर्छ ।
लामो समय पिसाव नरोक्ने
लामो समय पिसाव रोक्नु हाम्रो शरीरका लागि हानिकारक छ। पिसाव रोक्ने बानीले मृगौलामा पत्थरी हुने र मृगौला फेल नै हुने खतरा समेत रहन्छ ।
गुलियो कम खाने
गुलियो बढी खाँदा यसले शरीरमा प्रोटीनको मात्रा बढी भएर मृगौलामा समस्या हुन्छ।
पोषणयुक्त खानेकुरा खाने
हामीले दैनिक खानेकुरामा पोषक तत्वको अभाव भयो भने मृगौला खराव हुन्छ । यसर्थ हामीले पोषणयुक्त खानेकुरा खान बढी ध्यान दिनु पर्छ ।
मासु कम खाने
आवश्यकता भन्दा बढी मासु खानु पनि हाम्रो शरीरका लागि हानिकारक छ । अधिक मांसाहारले शरीरको पाचन प्रक्रियालाई नकारात्मक असर गर्छ जसले मृगौलामा सोझै असर गर्छ।
मस्त निदाउने
राति निद्रा नलाग्ने वा धेरै जागा बस्ने बानी पनि मृगौलाका लागि घातक छ । यसले मृगौला सम्बन्धि विभिन्न रोग ल्याउन सक्छ । मस्त निद्राले मृगौलालाई स्वस्थ राख्न सघाउँछ ।
चिया कफी कम पिउने
चिया कफी अत्यधिक मात्रामा पिउँदा पनि मृगौलामा समस्या हुन्छ। चिया कफीले शरीरमा क्याफिनको मात्रा बढाउँछ जसले मृगौलामा भार पर्छ।
अल्कोहल कम पिउने
अल्कोहल अर्थात जाँड रक्सीको अत्यधिक सेवनले पनि मृगौला समस्यामा पर्छ। यसले मृगौला फेल हुने अत्यधिक सम्भावना हुन्छ। प्राय अल्कोहल धेरै पिउने मानिसको मृगौला खराव हुने गरेको चिकित्सकहरु बताउँछन्।
