विश्वकप तयारीमा रहेको पोर्चुगलद्वारा अल्जेरिया ३–० गोलले पराजित

Avatar photo
Dhadingpost
जेष्ठ २५, २०७५

काठडौ, जेठ २५ । विश्वकप तयारी अघिको मैत्रीपूर्ण खेलमा अल्जेरिया पोर्चुगलसँग पराजित भएको छ ।

राफायल गुरेरियोको पासमा २१ वर्षीय विंगर गुडेसले व्यक्तिगत दोस्रो तथा टिमका लागि तेस्रो गोल गरे । पोर्चुगलले जुन १५ मा स्पेनविरुद्धको खेलसँगै विश्वकपको यात्रा सुरु गर्नेछ ।

गएराति भएको खेलमा पोर्चुगलले घरेलु मैदानमा अल्जेरियालाई ३–० गोलअन्तरले पराजित गरेको हो । पीएसजीबाट लोनमा भ्यालेन्सियाका लागि खेलिरहेका मिडफिल्डर गोल्कानो गुडेसले २ गोल गरे । क्रिष्टियानो रोनाल्डोले गरेको गोल अफसाइड भएपछि बनाण्डो सिल्भाको क्रसमा गुडेसले पहिलो गोल गरेका थिए । अर्का मिडफिल्डर बुर्नो फर्नाण्डेजले पनि रोनाल्डोको क्रसलाई सदुपयोग गरी हेडमार्फत दोस्रो गोल गरे ।