डुंडुंगा दुर्घटनामा ४६ जनाको मृत्यु, १६ जना बेपत्ता

Avatar photo
Dhadingpost
जेष्ठ २४, २०७५

एजेन्सी, इथियोपिया,जेठ २४ । अफ्रिकी मुलुक ईथियोपियाका आप्रवासी सवार डुंगा अदेनको खाडीमा डुब्दा कम्तिमा ४६ जनाको मृत्यु भएको र १६ जना बेपत्ता भएका छ ।

अन्तर्राष्ट्रिय आप्रवासी संगठन (आई.ओ.एम) का अनुसार उक्त डुंगामा ८३ पुरुष र १७ महिला सवार थिए । यमन र अन्य खाडी मुलुकमा रोजगारीको खोजी गर्न आप्रवासीहरुले अवैध बाटो लिएको जनाइएको छ । ईथियोपियामा भइरहेको हिंसाका कारण प्रत्येक महिना कम्तिमा ७ हजार आप्रवासीहरु विभिन्न बाटो हुँदै तेस्रो मुलुक पुग्ने गरेका छन् ।

सय जना इथियोपियन शरणार्थी बोकेर सोमालियाको बोसास्सो तटीय क्षेत्रबाट तस्करीका लागि हिँडेको डुंगा यमन नजिक अदेनको खाडीमा डुबेको हो । डुंगा डुब्दा कम्तिमा ४६ जनाको मृत्यु भएको र १६ जना बेपत्ता भएका छन् ।