दाङमा झाडापखाला प्रकोप

Avatar photo
Dhadingpost
जेष्ठ १५, २०७५

दाङ, जेठ १५ । दाङको शान्तिनगर गाउँपालिकामा फैलिएको झाडापखाला प्रकोप अझै नियन्त्रणमा आउन सकेको छैन ।

आइतबारसम्म १४ सय १६ विरामीले उपचार गराएको शान्तिगर गाउँपालिकास्तरीय स्वास्थ्य चौकीका प्रमुख हरि पुनले जानकारी दिए । तीनजना विरामीलाई जिल्लाबाहिरका अस्पतालमा रिफर गरिएको छ ।

वडा नम्बर ३ र ४ का गाउँ झाडापखालाको प्रकोपले पूर्णरूपमा प्रभावित भएको उनको भनाइ छ । नौ सय घरधुरी रहेको दुई वडामा ८५१ घरधुरीमा झाडापखालाको प्रकोप देखिएको शान्तिनगर गाउँपालिकाका अध्यक्ष कमानसिंह डाँगीले जानकारी दिए । हरेक घरमा बिरामी भएपछि स्थानीय बीपी कोइराला मावि र हुमाचन्द्र बोर्डिङ स्कुल आइतबारदेखि बन्द गरिएको छ ।