झाडापखालाबाट बच्ने र बचाउने दर्जन उपाय

Avatar photo
Dhadingpost
शुक्रबार, फाल्गुन १५, २०७१

jeevanjal मौसम परिवर्तनको संघारमा छ । यहि जाडो र गर्मीको उतरचडावमा मानव स्वास्थ्यलाई प्रभाव पारी रहेको छ यहि समयलाई सहि ढंगले मनन गरिएन भने मृत्यूको संङ्घारमा पग्ने खतरा हुन्छ । झाडापखाला रोगको प्रकोप गर्मी मौसमलगायत अन्य समयमा देखिएको छ । यो रोग सरुवा रोग भएकाले छिट्टै अन्य मानिसमा पनि फैलिन सक्छ । त्यसैले यो रोग लाग्नबाट बच्न र बचाउन निम्न उपाय अपनाउन आवश्यक छ ।
१. खानेपानी राम्ररी उमालेर वा शुद्धिकरण गरेर मात्र पिउने गरौ“ ।
२. खानेपानीको मुहान सफा राखौ“ । मुहानमा फोहोर पानी र फोहोर वस्तु मिसिन नदिऔ“ । खानेपानी शुद्धिकरण गर्न आवश्यक मात्रामा क्लोरिन, ब्लचिङ पाउडर वा निर्मल चक्की वा वाटरगार्डको प्रयोग गरौ“ ।
३.खाना खानुअघि, दिसा गरिसकेपछि, फोहोर-मैला छोएपछि, बच्चाको दिसा धोएपछि साबुनपानीले हात मिचिमिची धुने गरौ“ ।
४.बासी, सडेगलेको, झिँगा बसेको र खुलारूपमा राखिएका खानेकुरा नखाऔ“ ।
५.घर, आ“गन, चोक, चर्पी सफा राखौ“ ।
६.जथाभावी दिसा-पिसाब नगरौ“ । चर्पीमा मात्र दिसा-पिसाब गर्ने गरौ“ । चर्पी नभएमा खाल्डो खनी खाल्डोमा दिसापिसाब गरी माटोले पर्ुर्ने गरौ“ । बच्चाको दिसापिसाब पनि चर्पीमा ङ्खया“क्ने वा खाडल खनेर पर्ुर्ने गरौ“ ।
७.सफा र ताजा खानेकुरा पर्याप्त मात्रामा खाऔ“ ।
८.खानेकुरा राम्ररी पकाएर मात्र खाने गरौ“ । का“चै खाइने खानेकुरा सफा पानीले राम्ररी पखालेर मात्र खाने गरौ“ । पकाएको खानेकुरालाई छोपेर राखौ“ ।
९.घरमा पानी राख्ने भा“डा सफा राखौ“ र पिउने पानीलाई सधै“ छोपेर राखौ“ ।
१०.मरेका वा बाढीले बगाएर ल्याएका पशु, पंक्षी र माछा नखाऔ“ ।
११.खाना पकाउनु, पस्कनु, खानु र खुवाउनुअघि साबुनपानीले राम्ररी हात धुने गरौ“ ।
१२.बच्चा जन्मेको एक महिनादेखि ६महिनासम्म आमाको दूध मात्र खुवाऔ“ । ६ महिना पुगेपछि थप पोषलिो ताजा खाना खुवाउने र दर्ुइ वर्ष नहुन्जेलसम्म आमाको दूध खुवाइरहने ।
झाडापखाला लागेपछि गर्नुपर्ने कुरा
१.शरीरबाट झाडापखालाका कारण जति मात्रामा पानी खेर गएको छ त्यत्तिकै अनुपातमा पर्ुनर्जलीय झोल बनाएर खाने र खुवाउने गरौ“ ।
२. झाडापखाला लाग्ने बित्तिकै स्वास्थ्य संस्थामा लगी स्वस्थ्यकर्मीस“ग तुरुन्त उपचार गराऔ“ ।
३.घरमै उपलब्ध हुन सक्ने खानेकुरा जस्तै भातको माड, झोलपदार्थ, दालको रस, गेडागुडी वा तरकारीको रस प्रशस्त मात्रामा खानेरखुवाउने गरौ“ ।
४.स्तनपान गरिरहेका बच्चालाई झाडापखाला लागेमा पटक-पटक स्तनपान गराऔ“ ।
५. झाडापखाला हु“दा साविकमा जस्तै खानेकुरा खाऔ“ र खुवाउने गरौ“ ।