तातो चियाले घाँटीको क्यान्सर

Avatar photo
Dhadingpost
शुक्रबार, फाल्गुन १५, २०७१

drinks-kids-should-not-drink-4नेपालीहरुमा केहि वर्ष देखि चियाको लत बढेर गएको छ । तर चियाले स्वास्थ्यमा पार्ने असरका विषयमा हामी धेरै जानकार छैनौ। तातो चियाको मीठो चुस्कीले घाँटीको क्यान्सर निम्त्याउन सक्छ ।
हालै मात्र ब्रिटिस मेडिकल जर्नलमा छापिएको एक अध्ययनले तातो चिया खाने मानिसमा खाना खाने नली तथा घाँटीको क्यान्सर हुने सम्भावना आठ गुणा बढी रहेको तथ्य देखाएको छ । अनुसन्धानअनुसार तातो चियाले घाँटीको कोमल तन्तुमा असर गर्छ ।
‘चिया पाक्ने बित्तिकै पिउने मानिसमा ४ अथवा ५ मिनेटपछि पिउने मानिसको तुलनामा क्यान्सरको खतरा पाँचगुणा बढी हुन्छ,’ अध्ययन प्रतिवेदनमा भनिएको छ । यो अध्ययन करिब ५० हजार मानिसमा गरिएको हो । विशेषज्ञहरूका अनुसार चिया कपमा हालेको दस मिनेटपछि पिउनर्ुपर्छ ।