सामाजिक कार्यका लागि उत्पेरणत्मक गोष्ठी

Avatar photo
Dhadingpost
चैत्र २५, २०७४

धादिङ ,चैत्र २४ । धादिङ नाट्य समाजले आयोजना गरेको कार्यक्रममा विद्यार्थी तथा युवाहरुलाई जागृत गदै कार्यक्रम सन्चालन गरेको थियो ।

चिल्ड्रेन पार्कको हलमा  सन्चालनभएको यस कार्यक्रममा  विद्यार्थी तथा युवाहरु गरेर जम्मा ५१ जना सहभागी थिए  ।

निलकण्ठ –४ मा रहेको आमाको मया छात्राबासमा रहेको अनाथ बालबालीका को लागी शुद्व पानि पिउँने फिल्टर, तन्ना, स्टेस्नरी सामाग्री तथा नगद सहित सहयोग गेका थिए । बाबु आमा र घर परिवारको माया बाट बन्चित अथवा बालबालीकाका कुनै कूनै पनि अवसर बाट नछुटुन भन्ने उदेश्यले उक्त कार्यक्रम गरिएको बेटर धादिङ अभियानका सामाजिक अभिनेता रुपेश ढकालले जानाकारी दिएका थिए ।
यस कार्यक्रमको समारोह साथी कपिल ( कपिल शर्मा) ले गरेका थिए । ‘जिवन एउटा जिउने कला हो’ यदी हामीले हाम्रोे जिवनलाई चिन्न सकेनौ भनि हाम्रो जिवन अन्धकार तिर जान्छ हामीले हाम्रो जिवनलाई कहिले पनि तनाव लिगेर जिउँनु हुदैन हामीले हाम्रो जिवनमा आएको हरेक समस्या हुन्छ त्यसलाई हामीले सजिलै समाधान गर्ने कोसिस गर्ने कोसिस गर्नु पर्दछ मानिस भएर जन्मिसके पछि हामिले आफ्नो कर्तव्य विसनु हुदैन । हामीमा भएको क्षमतालाई कहिले पनि लुकाएर राख्नुहुदैन र आफूमा भएको क्षमता लाई देखाउँनु पर्दछ भन्दै विद्यार्थी तथा युवाहरुलाई मनोवल बढाइदिएको थियो ।
यस कायक्रम धादिङ अभियानले यस भन्दा अगाडी विभिन्न कार्यक्रम गदै भूकम्प पिडित बालबालीकालाई सहयोग गरेको थियो । यसका साथै विभिन्न खालका सडक नाटक गरी सामाजीक कार्यहरु गदै आएको छ ।