नयाँ शक्तिद्वारा धादिङका किसानलाई उन्नत बिऊ वितरण

Avatar photo
Dhadingpost
चैत्र १८, २०७४

धादिङ चैत्र १८ । नयाँ शक्ति पार्टी, नेपाल उत्पादन तथा स्वरोजगार विभाग धादिङ्गले धादिङका किसानलाई उन्नत जातको बोका वितरण गरेको केहि समय पछि उखुको विऊ वितरण गरेको छ ।

बोयर प्रजातीका बोका वितरण पछि स्थानिय बाख्रामा प्रजनन् गराई जन्मिएका पाठापाठी खरिद बिक्रि बिशेष कार्यक्रममा नेकपा एमाले, नेपाली काँग्रेस लगाएत पार्टीका प्रतिनिधिहरु उपस्थिति रहेको थियो ।

नयाँ शक्ति धादिङका नेता तथा कृषि क्षेत्रलाई नजिकबाट सहयोग गर्दै आई रहेका विष्णु सापकोटा नयाँ शक्ति पार्टीका केन्द्रिय सदस्य तथा समाजवादी ट्रेड युनियनका महासचिव रिम बस्याललाई लिएर पाठापाठी खरिद बिक्रि बिशेष कार्यक्रममा पुगेका थिए ।

कार्यक्रममा स्थानीय कृषक बाबुराम ढकालले ७ महिनामै एउटा बाख्राबाट ४० हजार रुपैयाँ कमाई भएकोमा खुशी ब्यक्त गरे ।

यस्तै नयाँ शक्ति पार्टी, नेपालको उत्पादन तथा स्वरोजगार कार्यक्रम अन्तरगत सापकोटाले धादिङ्ग त्रिपुरासुन्दरी गा.पा. वडा नं ५ मा पुर्व गा.बि. स. अध्यक्ष लगाएत करिब ४० घरधुरीलाई उखु, मकै र तरकारीका उन्नत बिऊ बितरण गरेका छन् ।

उनले नेता वस्याल कै प्रमुख आतिथ्यतामा यो पटक पनि उखु, मकै र तरकारीका उन्नत बिऊ वितरण गरेका हुन् ।