धादिङका पत्रकार ध्रुर्व लम्साल सम्मानित

Avatar photo
Dhadingpost
मंसिर ३, २०७४

धादिङ मंसिर ३ । धादिङबेसी सदरमुकाम रहेको नीलकण्ठ मुरली भञ्ज्याङ निवासी पत्रकार ध्रुर्व लम्साल सम्मानित भएका छन् ।

पत्रकारिता मार्फत नेपाली गीत, संगीतमा एक दशक भन्दा लामो समयदेखि योगदान पु¥याउँदैले विन्ध्यवासिनी गीत संगीत पत्रकारिता पुरस्कारबाट धादिङ मुरलीभञ्ज्याङ निवासी राजधानी दैनिकका वरिष्ठ उपसम्पादक ध्रुव लम्साल सम्मान गरिएको हो ।

नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सचिव समेत रहेका ध्रुर्व लम्सालले चलचित्र क्षेत्रको लामो समय देखि कलम चलाउँदै आएका थिए ।

विन्ध्यवासिनी फाउन्डेसनले शनिबार राजधानीको जमलस्थित राष्ट्रिय नाचघरमा ‘विन्ध्यवासिनी सम्मान एवं संगीत साँझ–२०७४’ तथा ‘विन्ध्यवासिनी म्युजिक अवार्ड २०७४’ मनोनयन सार्वजनिक समारोहमा लम्साल लगायत पत्रकारहरू अमरध्वज लामा, विष्णुप्रसाद गौतम, प्रतिमा श्रेष्ठ, अनुपा श्रेष्ठ, रीता लिम्बू, मधु शाही र जीवन पराजुली सम्मान गरिएको थियो ।