ज्यामरुङ भकारेमा बस दुर्घटना हुँदा ३ को मृत्यू ३० जना घाइते (पछिल्लो अपडेट)

Avatar photo
Dhadingpost
जेष्ठ १५, २०७४

धादिङ जेष्ठ १५ । धादिङको नीलकण्ठ- १० ज्यामरुङ स्थित भकारे खोलामा यात्रु बोकेको बस आइतबार दुर्घटना हुँदा ३ को मृत्यू भएको छ भने, ३० जना घाइते भएका छन् ।

धादिङबेसीबाट त्रिपुरेस्वर जाँदै गरेको यात्रु बहाक बस नीलकण्ठ- १० ज्यामरुङ भकारेमा बिग्रियपछि यात्रु लिन त्रिपुरेस्वर बोर्डिङ स्कुलको बस आएको थियो । उक्त बसमा यात्रुहरु चडिसके पश्चात छतको सामान उक्त वसको छतमा लोड गर्दै गर्दा स्कुल बस एक्कासी गुड्न पुगी सडकबाट १०० मिटर तल खस्दा २ जनाको घटना स्थल मै र १ जनाको जिल्ला अस्पताल ल्याउने क्रमम मृत्यू भएको प्रहरीले जानकारी दिएको छ ।

मृत्यू हुनेमा त्रिपुरेश्वर निवासी ६० वर्षिय पूर्ण देवि पाण्डे, त्रिपुरेश्वर निवासी ६५ वर्षिय फुलमायाँ तामाङ र आगिञ्चोक निवासी ४० वर्षिय लक्ष्मी सिंखडा रहेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । ५ जना घाइतेहरुको जिल्ला अस्पतालमा उपचारत रहेको र अन्य घाइतेहरु काठमाडौ स्थित ट्रमा सेन्टरमा उपचार रहेको प्रहरीले बताएको छ ।