माघ ८ गते संविधान आउँछ – पाण्डे

Avatar photo
Dhadingpost
आइतवार, पुस २०, २०७१

surendraधादिङबेसी पुस २० । माघ ८ गतेप्रक्रियामा गएरभए पनि देशले नयाँ संविधान पाउने नेकपा एमालेका स्थायी समिति सदस्य एंव पुर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले बताउनु भएको छ ।
सहमतिका लागि छलफल जारी छ, सहमति हुन नसकेका विषयहरुलाई प्रक्रियमा गएर टुङ्ग्याइने प्रेस चौतारी धादिङले शनिवार धादिङबेसीमा गरेको पत्रकार सम्मेलनमा बताउनु भयो । सबैको चित्त बुझ्ने गरी संसारका कुनै पनि देशमा संविधान जारी नभएको स्मरण गराउनुहुँदै पाण्डेले कसैले जलाउछु भन्दैमा संविधान जारी गर्नबाट पछि नहट्ने नसकिने भन्दै देशमा राजतन्त्रको अन्त्य हुने समययमा पनि कसैले विश्वास नगरीरहेको समयमा राती १२ बजेबाट गणतन्त्र स्थापना भएजस्तै संविधान जारी हुने संभावना बलियो रहेको नेता पाण्डेको दावी गर्नुभयो ।