थाक्रे फुटबलमा पञ्चकन्या फुटबल क्लब च्याम्पियन

Avatar photo
Dhadingpost
जेष्ठ १६, २०८३

धादिङ । थाक्रे गाउँपालिकामा आयोजित 7A Side खुल्ला फुटबल प्रतियोगिताको उपाधि पञ्चकन्या फुटबल क्लबले जितेको छ ।

फाइनल खेलमा पञ्चकन्या फुटबल क्लबले आहुति युवा क्लबलाई ५–० गोलको फराकिलो अन्तरले पराजित गर्दै उपाधिमाथि कब्जा जमाएको हो ।

प्रतियोगितामा ठुलो तसर्पू युवा क्लब र कालीदेवी युवा क्लब, नौबिसेले सान्त्वना स्थान हासिल गरेका छन् ।

प्रतियोगिताका विजेता पञ्चकन्या फुटबल क्लबले नगद ५० हजार रुपैयाँ, उपविजेता आहुति युवा क्लबले ३० हजार रुपैयाँ तथा सान्त्वना प्राप्त दुवै टोलीले जनही १०/१० हजार रुपैयाँ पुरस्कार प्राप्त गरेका छन् ।

एन्फा धादिङका उपमहासचिव उपेन्द्र डी लामाका अनुसार प्रतियोगितामा जिल्लाका विभिन्न स्थानबाट ११ टोलीको सहभागिता रहेको थियो ।