गजुरी ८ को वडा कार्यालयमा तालाबन्दी, विद्युत् समस्या समाधान गर्न माग

Avatar photo
Dhadingpost
जेष्ठ १२, २०८३

धादिङ । गजुरी गाउँपालिका–८ स्थित वडा अध्यक्षको कार्यकक्षमा स्थानीयवासीले तालाबन्दी गरेका छन् । लामो समयदेखि विद्युत् समस्या समाधान नभएको भन्दै वडा कार्यालयमा तालाबन्दी गरिएको जनाइएको छ

स्थानीयले जारी गरेको जानकारीपत्र अनुसार वडा नं. ८ को रिस्टाबोटे क्षेत्रमा ३५ दिन देखि विद्युत् बन्द भएको र पटक–पटक माग गर्दा पनि सुनुवाइ नभएकोले तालाबन्दी गरिएको जनाईएको छ ।

१३ गते २ बजे सम्ममा पनि सुनुवाई नभए वडा कार्यालय नै तालाबन्दी गर्ने उनीहरुले चेतावनी दिएका छन् ।