धादिङमा चैत यता मात्रै २१ जना लागू पदार्थ सेवन गरेर सवारी चलाउने पक्राउ

Avatar photo
Dhadingpost
बैशाख ३१, २०८३

धादिङ । धादिङमा चालु चैत महिनायता मात्रै २१ जना चालक लागू पदार्थ सेवन गरेर सवारी साधन चलाएको अवस्थामा पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार पक्राउ परेका चालकहरूलाई लागूऔषध नियन्त्रण ऐन २०३३ बमोजिम कानुनी दायरामा ल्याएर कारबाही प्रक्रिया अघि बढाइएको छ ।

प्रहरीले सवारी चालकहरूलाई लागू पदार्थ तथा मादक पदार्थ सेवन नगरी जिम्मेवार ढंगले सवारी चलाउन आग्रह गरेको छ । साथै ट्राफिक नियम उल्लंघन गर्ने, लापरवाहीपूर्वक सवारी चलाउने वा शंकास्पद गतिविधि देखिएमा जिल्ला प्रहरी कार्यालय धादिङ तथा जिल्ला ट्राफिक प्रहरी कार्यालय धादिङमा जानकारी गराउन सर्वसाधारणसँग अनुरोध गरेको छ ।