
धादिङ । बोदनारायण श्रेष्ठ संसदीय सुनुवाइ समितिको सभापतिमा उम्मेदवार बनेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीले संसदीय समितिहरूको नेतृत्वका लागि उम्मेदवार टुङ्गो लगाउने क्रममा धादिङ–२ बाट निर्वाचित सांसद श्रेष्ठलाई उक्त समितिको सभापतिका लागि अघि सारेको हो ।
पार्टीले विभिन्न ११ वटा संसदीय समितिमा आफ्नो तर्फबाट उम्मेदवारी दिएको जनाएको छ । तीमध्ये संसदीय सुनुवाइ समिति पनि एक महत्वपूर्ण समिति मानिन्छ, जसले संवैधानिक नियुक्तिहरूको सुनुवाइ तथा अनुमोदन गर्ने जिम्मेवारी वहन गर्दछ ।
यसैबीच, सार्वजनिक लेखा समिति सभापतिमा भने प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस का सांसद भरत खड्का ले उम्मेदवारी दिएका छन् ।
संसदीय समितिहरूको नेतृत्व चयनसँगै संघीय संसदभित्रको शक्ति सन्तुलन र राजनीतिक समीकरण थप स्पष्ट हुने अपेक्षा गरिएको छ ।

















