१. सबै नगरवासीले आफ्नो टोल, चोक, गल्ली, बाटोघाटो, सार्वजनिक जग्गा, मठमन्दिर, पाटीपौवा, नदी–नाला तथा अन्य सार्वजनिक स्थलहरूको संरक्षण गरौं ।
२. नगरपालिकालाई बुझाउनुपर्ने सम्पत्ति कर, बहाल कर, मालपोत तथा भूमि कर लगायत अन्य सबै प्रकारका कर तथा दस्तुर समयमै तिरौं ।
३. नगरपालिका क्षेत्रभित्र व्यवसाय गर्ने सबै व्यवसायीले आफ्नो व्यवसाय वडा कार्यालय तथा नगरपालिकामा अनिवार्य रूपमा दर्ता गरी मात्र सञ्चालन गरौं ।
४. नगरपालिकाका हरेक विकास तथा निर्माण कार्यमा सबै नगरवासीले सहयोग गरौं ।
नीलकण्ठ नगरपालिकाको कार्यालय
धादिङ, बागमती प्रदेश, नेपाल

