
धादिङ । धादिङको त्रिपुरासुन्दरी गाउँपालिकाका उप प्रमुख देवराज धरेलले आफू निर्वाचित भएपश्चता त्रिपुरासुन्दरी गाउँपालिकामा कानुनमा व्यवस्था भए अनुरुप महिला तथा बालिका माथिको हिंसा न्यूनीकरणका लागि विशेष जोड दिएको बताएका छन् ।
पहिलो काम हामीले सचेतना र समुदायिक अभियान केन्द्रित गरेका छौं जस्त “लैङ्गिक हिंसा विरुद्ध” अभियान अन्तर्गत गाउँ गाउँमा प्रभातफेरी दिप प्रज्वलन, अभिभावक सहभागिता र वडास्तर समूह–संस्थाहरू सामेल रहेकाले सचेतनामूलकै कार्यक्रम टोल टोलमा अन्तरक्रियामा हाम्रो जोड रह्यो ।
- गाउँपालिका–१ का ५२ वर्षीय राजु श्रेष्ठलाई १४ वर्षीया बालिकामाथिको यौन दुर्व्यवहार (बाल यौनशोषण) मा ९ वर्ष कैद सजाय भएको छ ।
- गाउँपालिका–५ मा ४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा ५६ वर्षीय एक जना पक्राउ परे ।
- मूलपानी–३ बाट ५ वर्षीया बालिकालाई बलात्कार गरेको ४० वर्षीय एक जनालाई अदालतले कारबाहीका लागि आवश्यक कदम चालिरहेको छ ।
यी घटनाहरूले स्थानीय न्यायिक प्रणालीले गति लिएको र दण्डात्मक क्रियाकलाप अघि बढाएको उप प्रमुख धरेलको दावी छ ।
घरेलु हिंसा, छाउपडी, जातीय विभेद, दाइजो जस्ता पुरातन रुढीवादी अभ्यास गाउँपालिकामा अझै कायम छन् यसलाई अझै न्यूनिकरण गरेर लान पालिकाले विशेष कार्यक्रमहरु गर्दै आएको उनी बताउँ छन् ।