नीलकण्ठ बालमन्दिरले ५१ औं वार्षिक उत्सवमा पायो ISO चिन्ह

Avatar photo
Dhadingpost
सोमवार, जेष्ठ २०, २०८२

धादिङ । धादिङबेसी सदरमुकाममा रहेको नीलकण्ठ बालमन्दिर माविको ५१ औं वार्षिकत्सव मनाईएको छ । उक्त वार्षिकत्सव समारोहमा आईएसओले चिन्ह प्रयोग गर्न नीलकण्ठ बालमन्दिरलाई प्रमाण पत्र समेत दिएको छ ।

कार्यक्रममा साँस्कृतिक प्रस्तुति सँगै शिक्षकहरुलाई सम्मान गरिएकाे थियाे ।

नीलकण्ठ बालमन्दिरले पायो आईएसओ चिन्ह
अन्तर्राष्ट्रिय गुणस्तर आईएसओ प्रमाणिकरणका लागि गत भदौंमा एभरेष्ट इन्टरनेशनल म्यानेजमेन्ट कन्सल्टेन्सी एण्ड ट्रेनिङ एजेन्सि सँग सम्झौता गरेको नीलकण्ठ बालमन्दिरले ५१ औं वार्षिक उत्सव समारोहमा अन्तर्राष्ट्रिय गुणस्तर आईएसओ चिन्ह २१००१ को सटिर्फिकेट पाएको छ ।
विद्यालयका प्रधानाध्यापक ध्रुव अधिकारीका अनुसार एभरेष्ट इन्टरनेशनल म्यानेजमेन्ट कन्सल्टेन्सी एण्ड ट्रेनिङ एजेन्सिको सहयोगमा ग्याप एनलाईसीस र ब्यवस्थापन सुधार योजना कार्यान्वयन प्रतिबद्दतापछि ISO ले लोगो प्रयोग गर्न पाउने गरि प्रमाणपत्र दिएको हो ।

२०३१ साल जेष्ठ १९ गते शितलबजार स्थित घाँटीमा छाप्रो बनाएर पठनपाठन सुरु गरिएको नीलकण्ठ विद्यालयको ५१ औं वार्षिकउत्सव मनाउँदै गर्दा अहिले २०४५ सालमा स्थापना भएको खानिगाउँ आधारभूत विद्यालय, २०४८ मा स्थापित स्थापना भएको ईजारा आधारभूत विद्यालय र २०३४ सालमा स्थापना भएको बालमन्दिर माध्यमिक विद्यालय समायोजन भई नीलकण्ठ बालमन्दिर बनेको छ ।