
धादिङ । धादिङबेसी सदरमुकाममा रहेको नीलकण्ठ बालमन्दिर माध्यामिक विद्यालयका शिक्षकहरूलाई शैक्षणिक योजना निर्माण एम कार्यान्वयन सम्बन्धी दुई दिने तालिम प्रदान गरिएको छ ।
यहि जेठ २ र ३ गते भएको शिक्षहरुको पेशागत क्षमता अभिवृद्धि एवम् विद्यार्थीहरुको सिकाइ उपलब्धि बृद्धि गर्ने प्रयोजनार्थ उक्त तालिमको आयोजना गरिएको प्रधानाध्यापक ध्रुव अधिकारीले धादिङपोष्टलाई बताए ।
उक्त तालिमले आईएसओको मापदण्ड अनुसार ईकाई योजना एबम् दैनिक पाठयोजना निर्माण गरी सिकाइ क्रियाकलाप सञ्चालन गर्न मद्धत पुग्ने उद्धेश्यले तालिमको आयोजा गरिएको उनी बताउँछन् ।
उक्त तालिमको सहजिकरण शिक्षा विभाग प्रमुख कपिलदेव ठाकुरले गरेका थिए। तालिममा विद्यार्थीहरुको संंन्तानात्मक विकास (KVAHA) सम्बन्धी मूल्याङ्कन र सो को अभिलेखीकरण राख्ने तरीका सम्बन्धी गहन छलफल भएको तालिममा नीलकण्ठ बालमन्दिरका ९० जना शिक्षकहरूको सहभागिता रहेको बताईएको छ ।