
स्थानीय न्यायिक समितिको मुख्य काम
१. विवाद समाधान
स्थानीय स्तरका विवादहरु मेलमिलापको माध्यमबाट समाधान गर्ने । परिवारिक, सम्पत्ति, वैवाहिक, छिमेकी विवादहरु हेर्ने । विवाद समाधानका लागि मध्यस्थकर्ता छनोट गर्ने ।
२. कानुनी परामर्श
नागरिकलाई कानुनी सल्लाह दिने । कानुनी प्रक्रिया र अधिकारबारे जनचेतना दिने ।
३. उजुरी दर्ता
स्थानीय तहमा पर्ने उजुरीहरु दर्ता गर्ने र उजुरीमा छलफल गरी आवश्यक कारवाही प्रक्रिया अगाडि बढाउने ।
४. महिला, बालबालिका र कमजोर वर्गका मुद्दा
महिला हिंसा, बालबालिकासम्बन्धी मुद्दा, घरेलु हिंसा तथा सामाजिक विभेदका मुद्दा हेर्ने ।
५. निर्णय कार्यान्वयन
गरेका निर्णयहरु कार्यान्वयनमा ल्याउने । मेलमिलापका सहमति कार्यान्वयनमा सहयोग गर्ने ।
६. अनुगमन र मूल्यांकन
मेलमिलाप प्रक्रियाको प्रभावकारिता मूल्यांकन गर्ने ।
७. कानूनको पालना
स्थानीय तहमा कानूनको पालना गराउन पहल गर्ने ।
जनहितका लागि
त्रिपुरासुन्दरी गाउँपालिका धादिङ