धादिङका श्रीलालले फेरि जिते पृतनापति ट्रफि

Avatar photo
Dhadingpost
बुधबार, बैशाख २४, २०८२

धादिङ । धादिङको खनियाबास गाउँपालिका निवासी निवासी श्रीलाल तामाङले पृतनापति ट्रफि जितेका छन् । उनी नेपाली सेनामा कार्यरत छन् ।

पश्चिम हेड क्वाटर विजयपुर व्यारेक पोखरामा बैशाख २१ गते जारी प्रतियोगिता पृतनापति ट्रफि ८०८२मा उनले एथलेक्टिस विधा तर्फ ८०० मिटरको दौड जित्न सफल भएका हुन् । उनले यस अघि पृतनापति ट्रफी २०८१ मा एथलेक्टिस विधा तर्फ १५०० मिटरको दौड जित्न सफल भएका थिए ।

यस्तै गत साल खनियाबास गाउँपालिका ५ सत्यदेविमा विजया दशमीको अवसरमा भएको सहिद छेजु तामाङ तेस्रो १० किलो मिटरको दौड प्रतियोगिता पुरुष तर्फ प्रथम हुन सफल भएका थिए ।