भासिएर जमिनमुनि हराएको गाडी अझै फेला परेन

Avatar photo
Dhadingpost
सोमवार, बैशाख २२, २०८२

हेटौंडा । हेटौँडामा शुक्रबार सडक भासिँदा बेपत्ता भएको माछा बोक्ने ना.४च ४८३३ नम्बरको सिंगल क्याप बोलेरो गाडी (भ्यान) तीन दिन बित्दा पनि फेला परेको छैन ।

मकवानपुर प्रहरीका प्रवक्ता डिएसपी श्यामु अर्यालका अनुसार घाँस काट्ने मेसिन लोड गरि रोकिराखेको अवस्थामा अगाडिको पांग्रा भासिन सुरु भएको थियो । जग लगाएर निकाल्ने क्रममा एक्कासि सडक नै भासिएर गाडी जमिनमुनि गायब भएको हो ।

भासिएको करिब पाँच सेकेन्डमै बेपत्ता भएको गाडीधनी हरेराम राईले बताए  । गाडी बेपत्ता भएको घटना सार्वजनिक भएपछि उक्त स्थानमा दिनभरजसो मानिसहरूको भिड लाग्ने गरेको छ ।

हेटौँडा उपमहानगरको विपत् व्यवस्थापनको बैठकले गाडी भासिएको स्थान र आसपासको अध्ययनका लागि भूगर्भविद् बोलाउने निर्णय गरेको छ । तस्वीरः नयाँ पत्रिका