धादिङका रुपक परियार राष्ट्रिय जनसांस्कृतिक महासंघको केन्द्रिय सदस्यमा चयन

Avatar photo
Dhadingpost
शुक्रबार, बैशाख १९, २०८२

धादिङ । राष्ट्रिय जनसांस्कृतिक महासंघ नेपालको नवौँ राष्ट्रिय महाधिवेशनबाट धादिङका रुपक परियार केन्द्रिय सदस्यमा चयन भएका छन् ।

धादिङको लोक साङ्गितिक क्षेत्रमा स्थापित हुँदै गरेका धुनिबेसीका परियारले सुर्य चिन्ह सबको हात(हातैमा बोलको गित, “एक्लो बर” वर को बोट , नौबिसे बजार मा, मन भरी , माछी बल्छी मा , झुपडीको बास, खानिखोला छेउ , रातो सारी, चौतारीमा , यो तिज मा”, लगाएत थुप्रै गितहरु गाएका छन् ।

उनी ०७८ सालमा माओवादी परित्याग गरे सँग् एमालेको राष्ट्रिय जनसांस्कृतिक महासंघ आवद्ध रहि आफ्नो गतिविधि गर्दै आई रहेका छन् ।

नवौँ राष्ट्रिय महाधिवेशनले सुब्बाको नेतृत्वमा ९९ सदस्यीय सर्वसम्मत केन्द्रीय कमिटी चयन गरेको छ ।