
धादिङ भाद्र १६ । धादिङको धुनीबेसी नगरपालिकामा वाईसीएल धादिङका पूर्व उपाध्यक्ष रुपक परियार सहित, माओवादी कार्यकर्ताहरु एमालेमा प्रवेस गरेका छन् ।
नेकपा एमाले धादिङका जिल्ला अध्यक्ष एवम् संघीय सांसद भुमि त्रिपाठीले टीका र खादा लगाएर नव प्रवेसीलाई स्वागत गरेका थिए । नव प्रवेसीलाई स्वागत गर्दै नेता त्रिपाठीले अहिले केहि दलले खिचडी गठबन्धन बनाएका छन्, यो दुई दिनको रमाईलो हो । एमालेको विरुद्ध बनेको गठबन्धनले मुलुक हाक्न नसक्ने दावी गरेका थिए ।
एमाले धुनीबेशी नगरपालिकाका संयोजक रामराजा पाण्डेको सभापतित्वमा भएको उक्त कार्यक्रममा नेता त्रिपाठीले धादिङमा केहि नेता कमरेडहरुले बाटो विराएका छन् उनीहरुले जनता र पार्टी न हिजो देखि न आज देख्छन् उनीहरु पनि सच्चिएर एमालेमा आए स्वागत गरिने बताएका थिए ।