एड्भान्स एकेडेमी २० औं वर्षमा प्रवेश

Avatar photo
Dhadingpost
बुधबार, बैशाख १७, २०८२

धादिङ । धादिङबेसी सदरमुकाममा रहेको एड्भान्स एकेडेमीले विभिन्न कार्यक्रमको आयोजना गरि आफ्नो २० औं स्थापना दिवस मनाएको छ ।

२०६३ साल बैशाख १७ गतेबाट सुरु भएको एड्भान्स एकेडेमीको शैक्षिक यात्रा आज १९ वर्ष पुरा गरि २० औं वर्षारम्भ भएको अवसरमा विभिन्न कार्यक्रमहरु गरिएको प्रिन्सिपल भिमबहादुर श्रेष्ठले धादिङपोष्टलाई बताए ।

वार्षिक उत्सवको अवसरमा कक्षा प्ले ग्रुप र नर्सरीलाई मनोरञ्जनात्मक खेलकुद कार्यक्रम समेत आयोजना भएको थियो । प्रतियोगितामा कक्षा एल.के.जी, यू.के.जी. र कक्षा १ मा रङ्ग भर प्रतियोगिता, कक्षा २ मा वक्तृत्वकला प्रतियोगिता, कक्षा ३ मा अङ्गे्रजी हस्तलेखन प्रतियोगिता, कक्षा ४ र ५ मा चित्रकला प्रतियोगिता, कक्षा ६ र ७ मा खेलकुद प्रतियोगिता, कक्षा ८ मा चेस प्रतियोगिता, कक्षा ९ मा कविता लेखन प्रतियोगिता र १० मा चित्रकला प्रतियोगिता सम्पन्न भएको उनले बताए ।

विजेता विद्यार्थीलाई विद्यालयका सञ्चालक समितिका अध्ययक्ष अर्जुनकुमार श्रेष्ठ ‘गोर्खाली’ ले पुरस्कार वितरण गरेका थिए ।

कार्यक्रममा प्रिन्सिपल श्रेष्ठ एड्भान्स एकेडेमीलाई शैक्षिक क्षेत्रको एक महत्वपूर्ण धरोहरको रुपमा स्थापित गराउन विगतमा अहोरात्रको रुपमा स्थापित गराउन विगतमा अहोरात्र अतुलनीय योगदान पुर्याउनहुने अभिभावक, शिक्षक तथा कर्मचारी, विद्यार्थी, स्थानीय सरकार, नागरिक समाज, विभिन्न संघसंस्थाहरुहरुलाई धयावाद व्यक्त गरेका थिए ।