
धादिङ । जनयुद्धको क्रममा आन्तरिक दुर्घटनामा ज्यान गुमाएका स्वर्गिय विष्णु कसाईको घर सिद्धलेक १ कुसुण्डे पुगेर माओवादी कार्यकर्ताहरुले स्मृति दिवस मनाएका छन् ।
वि.स. २०६१ सालमा माओवादीको पूर्णकालिन भई काम सुरु गरेका कसाईको घरभेटघाटको बिदामा जाँदा आफुले बोकेको ग्रिनेट विस्फोट भएर वि.स. २०६२ साल वैशाख ११ गतेका दिन साहदत भएको थियो । उक्त विष्फोटमा परि उनको बहिनी समेत घाईते भएकी थिईन् ।
स्मृति दिवसमा सिद्धलेक गाउँ कमिटी अध्यक्ष सम्झना पन्डित, सिद्धलेक गाउँपालिका १ का वडा अध्यक्ष पेमा लामा, पार्टीका वडा कमिटी अध्यक्ष जोन लामा लगायत सिद्धलेकका माओवादी नेता तथा कार्यकर्ताहरु सहभागी थिए । कार्यक्रममा सहिद परिवारलाई सम्मान गरिएको थियो ।