रुवी भ्याली गाउँपालिकाद्वारा पूर्ण खोप सुनिश्चित प्रमाणिकरण

Avatar photo
Dhadingpost
मङ्लबार, बैशाख ९, २०८२

धादिङ । धादिङ जिल्लाका १३ वटा स्थानीय तह मध्ये रुवी भ्याली गाउँपालिकाले पहिलो पटक पन्ध्र महिना उमेर सम्मका बालबालिकालाई लक्ष्यअनुसार खोप लगाएपछि पूर्ण खोपयुक्त पालिकाको रुपमा प्रमाणीकरण तथा प्रतिवद्दता कार्यक्रम सम्पन्न गरेको छ ।

पालिकाको स्वास्थ शाखाले आयोजना गरेको उक्त कार्यक्रममा पालिका अध्यक्ष, उपाध्यक्ष, जनप्रतिनिधिहरु, स्वास्थ्य प्रमुखहरु, स्वयम्सेविकाहरु र कर्मचारीहरुसहित विभिन्न राजनीतिक दलका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा पालिका अध्यक्ष रामसिंह तामाङले राष्ट्रिय खोप तालिकामा समावेश भएका १५ महिना उमेर भित्रमा पाउनु पर्ने सबै खोपहरु, सबै बालबालिकाहरुले पूर्ण रुपमा लिएपछि पूर्ण खोप सुनिश्चित प्रमाणीकरण गरिएको धादिङपोष्टलाई बताए ।