तरुण दल गजुरीको अध्यक्षमा शुक्र राज चेपाङ चयन

Avatar photo
Dhadingpost
शुक्रबार, बैशाख ५, २०८२

धादिङ । एक सातमा जिल्लाका सबै पालिका अधिवेशन सक्ने गरि तरुण दल धादिङको पालिका अधिबेशन सुरु भएको छ । बिहिबार गजुरीको अधिबेशन सम्पन्न भएको जिल्ला अध्यक्ष गोपाल विश्वकर्माले बताए ।

अधिबेशनबाट शुक्र राज चेपाङ, उपाध्यक्षमाद्वय लक्ष्मण थिङ तामाङ र रेजिना घले, सचिवमा मोहन पण्डित, सहसचिवमा अरुण सुवेदी, कोषाध्यक्षमा लक्ष्मी नेपाली र सदस्यहरुमा सनम बस्नेत, निसम कडेंल, गुन बहादुर तामाङ, भक्त बहादुर तामाङ, विशाल भण्डारी, सन्दीप अधिकारी, राजु बराल, धनमाया चेपाङ, राहुल लामा, विष्णु तामाङ चयज भएका छन् ।

बैशाख १३ देखि १५ गते जिल्ला अधिवेशन सम्पन्न गर्ने गरी तरुण दल केन्द्रमा मिति प्रस्ताव गरिएको जिल्ला अध्यक्ष गोपाल विश्वकर्माले जानकारी दिए ।

नेपाली काँग्रेस प्रजातान्त्रिक र नेपाली काँग्रेसवीच २०६४ सालमा पार्टी एकता भएपश्चात तरुण दल धादिङको अधिवेशन हुन सकेको छैन । २०६१ सालदेखि अध्यक्ष रहेका गोपाल विश्वकर्माले २०७३ सालमा चौथो अधिवेशन गराएर दिनेश लामालार्न नेतृत्व हस्तान्तरण गरेपनि तरुण दल केन्द्रले चौथो अधिवेशनलाई अमान्य घोषणा गरेर पुनः विश्वकर्मालाई नै जिम्मेवारी दिँदा तरुण दल धादिङको अध्यक्षको रुपमा विश्वकर्माले २० वर्षको कार्यकालमा अधिबेशन गराउने अन्तिम तयारीमा छन् ।