
धादिङ । गजुरी गाउँपालिका वडा नम्बर ७ पेटारेमा विभिन्न राजनीतिक दल परित्याग गरी नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) मा प्रवेश गरेका गरेका व्यक्तिहरुलाई बागमती प्रदेश सरकारका निवर्तमान मुख्यमन्त्री एवम् केन्द्रीय सदस्य शालिकराम जम्कटेलले स्वागत गरेका छन् ।
उक्त वाईसिएल वडा भेला कार्यक्रममा नेपाली कांग्रेस जिल्ला समिति सदस्य धनबहादुर तामाङ, नेकपा एमालेबाट देवुलाल तामाङ (पूर्व वडा सदस्य), चन्द्र बहादुर प्राखिन (राप्रपा, पूर्व वडा अध्यक्ष), सोनाम सिङ तामाङ ( किराञ्चोक साविक ६ नम्बर पुर्व वडाध्यक्ष), रेशम बहादुर रुब्बा (एमालेबाट २०७९ मा वडासदस्य उम्मेदवार), रकमबहादुर रुम्बा, र बम बहादुर तामाङ (वडा कमिटी सदस्य) माओवादी केद्रमा प्रवेश गरेका थिए, उनीहरुलाई नेता जम्कट्टेलले खादा ओढाएर स्वागत गरेका हुन् ।
गजुरी ७ को उक्त वाईसिल भेलाले अध्यक्षमा वीर बहादुर तामाङ,उपाध्यक्ष बलराम तामाङ, सचीव मनिष तामाङ, कोषाध्यक्ष दिपक तामाङ रहेको २१ सदस्यीय कमिटी वडा कमिटी गठन गरेको छ ।