एमाले धादिङले चैत १८ गते महेशदाेभानमा जागरण सभा गर्ने

Avatar photo
Dhadingpost
बुधबार, चैत्र १२, २०८१

धादिङ । गल्छी स्थित रिम्सको भबन बैरेनीमा सम्पन्न नेकपा एमाले धादिङको केन्द्र, प्रदेश, जिल्ला र नगर गाउँ कमिटी स्तरीय समन्वय बैठकले चैत १८ गते महेशदोभानमा जागरण सभा गर्ने निर्णय गरेको छ ।

अध्यक्ष भुमी त्रिपाठीको अध्यक्षता र केन्द्रिय सदस्य खेम प्रसाद लोहनीको प्रमुख आतिथ्यतामा भएको उक्त बैठकले महेशदोभानमा हुने जागरण सभा पूर्व १६ गते धादिङबेसीमा अन्तर्क्रिया गर्ने निर्णय समेत गरेको छ ।

जिल्ला सचिव राधिका सापकोटाका अनुसार गणतन्त्रको रक्षा, विकास र अराजक, गलत प्रवृत्तिको विरुद्धमा एमालेले जागरण सभा गर्ने तयारी गरेको हो ।