चन्द्रोदयको सभापतिमा मत बराबर भएपछि गोलाप्रथा

Avatar photo
Dhadingpost
मङ्लबार, चैत्र ४, २०८१


धादिङ । धादिङको बेनीघाट रोराङमा रहेको चन्द्रोदव बहुमुखी क्याम्पस विशालटारमा आज सम्पन्न स्ववियु निर्वाचनमा नेवि संघ अनेरास्ववियुको गठबन्धनका सभापति उम्मेद्वार अभिषेक पाण्डे (नेवि संघ) विजय भएका छन् ।

सभापतिमा गठबन्धनका उम्मेद्वार पाण्डे र अखिल (क्रान्तिकारी) उम्मेदवार अन्जना रेग्मीको मत ७३–७३ भएपछि निर्वाचन समितिले गोलाप्रथा गरि पाण्डेलाई विजेता घोषणा गरेको छ ।

गत स्ववियु निर्वाचनमा एमालेको अनेरास्ववियु र नेपाली कांग्रेसको नेवि संघको संयुक्त गठबन्धन हुँदा पनि अखिल (क्रान्तिकारी) का सञ्जित सुवेदी विजयी भएका थिए । उक्त निर्वाचनमा गठबन्धनका उम्मेदवार संगिता श्रेष्ठ (नेविसंघ) ले ७९ मत ल्याउँदा सुवेदीले ९१ मत ल्याएका थिए ।

चन्द्रोदयको स्ववियु निर्वाचन २०८१ को अन्तिम मत परिणाम