
धादिङ । धादिङको बेनीघाट राेराङ स्थित जय बागेश्वरी बहुमुखी क्याम्पस मलेखुकाे यहि ५ गते हुने स्ववियु निर्वाचनमा अखिल (क्रान्तिकारी) र एकीकृत समाजवादी निकट अनेरास्ववियूले अनुनय सिल्वालकाे नेतृत्वमा साझा प्यानल उठाएका छन् ।
जय बागेश्वरी बहुमुखी क्याम्पस मलेखुमा
यी हुन् अखिल (क्रान्तिकारी ) र एकीकृत समाजवादी निकट अनेरास्ववियूकाे साझा उम्मेदवारहरु
सभापतिमा अनुनय सिल्वाल अखिल (क्रान्तिकारी)
सचिवमा प्रास्ना घले (अनेरास्वयू)
सदस्यहरुमा अन्जिता आले मगर ( अखिल क्रान्तिकारी ), देवकि चेपाङ ( अखिल क्रान्तिकारी ), मनिषा ठकुरी ( अखिल क्रान्तिकारी )
यस क्याम्पसको गत स्ववियु निर्वाचनमा एमाले निकट अनेरास्ववियु र कांग्रेस निकट नेवि संघको संयुक्त गठबन्धनका तर्फबाट उठेका उम्मेदवार अनेरास्ववियुका विषम अधिकारीलाई पराजित गर्दै अखिल क्रान्तिकारीका नवराज त्रिपाठी विजयी भएका थिए । यो पटक एमाले निकट अनेरास्ववियु र कांग्रेस निकट नेवि संघको प्यानल सँग लड्न क्रान्तिकारी र एकीकृत समाजवादी निकट अनेरास्ववियू मिलेका छन् ।
सभापतिमा अनुनय सिल्वालकाे प्यानलले अघि सारेका चुनावी प्रतिवद्धताहरु
१. विद्यार्थी अधिकारको संरक्षण:
विद्यार्थीको हक र अधिकारको पक्षमा लडिरहेको छ लडिरहने छ । शैक्षिक सुधार, पहुँचयुक्त शिक्षा, र गुणस्तरीय शिक्षाको वकालत ।
२. शुल्क वृद्धि विरुद्ध संघर्ष:
निजी र सरकारी शैक्षिक संस्थामा अत्यधिक रुपमा भैरहेको शुल्क वृद्धि रोक्न अनेरास्ववियु क्रान्तिकारी को सकृय भुमिका रहने छ।
३. वैचारिक स्पष्टता:
जनवादी विचारधारा र समाज परिवर्तनको दृष्टिकोणमा आधारित नीतिहरू।
शैक्षिक प्रणालीलाई आम जनता र श्रमिक वर्गसँग जोड्न अनेरास्ववियु क्रान्तिकारी को पहल गरिने छ ।
४. व्यवहारिक योगदान:
विद्यार्थीहरूको लागि छात्रवृत्ति, लाइब्रेरी सुविधा,सवै वर्ग र समुदायको विद्यार्थी हरुलाई लक्षित र बाहिरी पालिका तथा अन्य जिल्लाबाट आउने विद्यार्थी हरुलाई विशेष प्राथमिकता दिइने छ ।
छात्राहरुको स्वास्थ्य र सरसफाईका लागी क्याम्पसमा नि:शुल्क सेनिटरी प्याडको व्यबस्था गरिने छ ।
५. युवा र भविष्य निर्माण:
युवा नेतृत्वको विकास, देशका प्रमुख समस्याहरू समाधान गर्ने योजना अनेरास्ववियु क्रान्तिकारी को छ।
नयाँ पुस्तालाई नेतृत्व दिन सक्षम बनाउन अनेरास्ववियु क्रान्तिकारीको पहल गरिने छ ।
६. शिक्षा र राजनीति जोड्ने सोच:
शिक्षा मात्र व्यक्तिगत फाइदाको लागि होइन, समाज रूपान्तरणका लागि पनि हो भन्ने दृष्टिकोणलाई स्थापित गर्ने ।