चन्द्रोदयको स्ववियु निर्वाचनमा संयुक्त गठबन्धन सँग भिड्दै अन्जना

Avatar photo
Dhadingpost
शुक्रबार, फाल्गुन ३०, २०८१

धादिङ । चन्द्रोदय बहुमुखी क्याम्पस विशालटार बेनीघाट रोराङमा कांग्रेस एमाले निकट (नेवि संघ र अनेरास्ववियु) को संयुक्त गठबन्धन सँग अखिल (क्रान्तिकारी) एक्लै चुनावी मैदानमा होमिएको छ ।

गत स्ववियु चुनामा पनि नेवि संघ र अनेरास्ववियुको संयुक्त गठबन्धनलाई क्रान्तिकारीले हराएको हो । यो पटक हाम्रो संगठन अझै सुदृढ भएकोले अखिल क्रान्तिकारीले नै जित्ने विद्यार्थी नेता उपेन्द्र जम्कट्टेल दावी गर्छन् ।

चन्द्रोदय बहुमुखी क्याम्पसको शैक्षिक विकास विद्यार्थी अधिकारको रक्षा र नवीन सोचलाई प्रोत्साहन गर्दै अखिल क्रान्तिकारीको तर्फबाट सभापतिमा उम्मेद्वारी दिएको अन्जना रेग्मीले धादिङपोष्टलाई बताईन् ।

को को हुन् (क्रान्तिकारी)का उम्मेदवार
प्रत्यक्ष तर्फ
अन्जना रेग्मी सभापति
विवेक त्रिपाठी सचिव
कोषाध्यक्ष सुवास सुयल
सदस्यहरु: निसिता माझी, रेनुका नेपाली र सुमन चेपाङ
समानुपातिक तर्फ
दिक्षा खनाल, अस्मिता सिलवाल, आशिष तिवारी, सुदिप थापा क्षेत्री र आरएन दाहाल

गत स्ववियु निर्वाचनमा एमालेको अनेरास्ववियु र नेपाली कांग्रेसको नेवि संघको संयुक्त गठबन्धन हुँदा पनि अखिल (क्रान्तिकारी) का सञ्जित सुवेदी विजयी भएका थिए । उक्त निर्वाचनमा गठबन्धनका उम्मेदवार संगिता श्रेष्ठ (नेविसंघ) ले ७९ मत ल्याउँदा सुवेदीले ९१ मत ल्याएका थिए ।