मुनालका रमेश कुमार श्रेष्ठ प्याब्सनको केन्द्रिय सदस्यमा निर्वाचित

Avatar photo
Dhadingpost
बुधबार, फाल्गुन २८, २०८१

धादिङ । निजी तथा आवासीय विद्यालय संगठन (प्याब्सन) को १६ औं राष्ट्रिय महाधिवेशनबाट धादिङ गजुरी स्थित मुनाल एकेडेमीका प्रिन्सिपल रमेशकुमार श्रेष्ठ केन्द्रिय सदस्यमा निर्वाचित भएका छन् ।

प्याब्सन धादिङका पूर्व अध्यक्ष समेत रहेका रमेशकुमार श्रेष्ठले २५७ मत ल्याई केन्द्रिय सदस्यमा निर्वाचित भएका हुन् । प्याब्सनको अध्यक्षमा कृष्ण अधिकारी निर्विरोध निर्वाचित भएका थिए भने अन्य पदहरुमा निर्वाचन भएको थियो ।

देशभरबाट दुई हजार ३०० प्रतिनिधि सहभागि उक्त महाधिबेशनबाट २७ पदाधिकारी र ३९ सदस्यसहित ६६ जनाको कार्यसमिति गठन भएको छ । महाधिबेशनको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका थिए ।