
धादिङ । धादिङबेसी सदरमुकाममा रहेको नीलकण्ठ बहुमुखी क्याम्पसमा आशन्न चैत ५ गते हुने स्ववियु चुनावमा माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी) र एमाले निकट अनेरास्ववियु मिल्दा, भीम ढसङ्गाना र रामनाथ अधिकारी निकट छुट्टा छुट्टै प्यानलमा नेवि संघले उम्मेदवारी दिएका छन् ।
अखिल (क्रान्तिकारी) का तर्फबाट इश्वरी प्रसाद आचार्यले सभापति मा उम्मेदवारी दिएका छन् भने अनेरास्ववियुले कोषाध्यक्षमा रोजी श्रेष्ठ सचिवमा लक्ष्मी धमलालाई उठाएको छ । क्रान्तिकारीका तर्फबाट सदस्यमा चार जना रोजिना रिजाल, विश्वान तामाङ, प्रभाकर रिजाल, सरस्वती विकले उम्मेदवारी दिएका छन् भने अनेरास्ववियुका तर्फबाट सदस्यमा दुई जना रविन गुरुङ र वसन्ती मायाँ तामाङले उम्मेदवारी दिएका छन् ।
कांग्रेसको पार्टीगत दुई गुट नीलकण्ठको स्ववियु चुनावमा पनि देखिएको छ । भिम ढुङ्गाना रमेश धमला पक्षबाट भवानी भट्टराईले सभापतिमा उम्मेद्वारी दिएकी छिन् भने जिल्ला सभापति एवम् कृषि मन्त्री रामनाथ अधिकारी पक्षबाट राजन अधिकारीले उम्मेद्वारी दिएका छन् ।
कांग्रेसको पार्टीगत दुई गुट नीलकण्ठको स्ववियु चुनावमा पनि देखिएको छ । भीम ढुङ्गाना/रमेश धमला पक्षबाट भवानी भट्टराईले सभापतिमा उम्मेद्वारी दिएकी छिन् भने जिल्ला सभापति एवम् कृषि मन्त्री रामनाथ अधिकारी पक्षबाट राजन अधिकारीले उम्मेद्वारी दिएका छन् । भवानी भट्टराई प्यानबाट सचिवमा युसुफ तामाङ, कोषाध्यक्षमा समन शाक्यले उम्मेदवारी दिएका छन् भने राजन अधिकारी प्यानलबाट सचिवमा स्नेह श्रेष्ठ र कोषाध्यक्षमा उपेन्द्र उपर्कोटीले उम्मेदवारी दिएका छन् ।

धादिङको सबैभन्दा धेरै विद्यार्थी भएको नीलकण्ठ बहुमुखी क्याम्पसको हरेक स्ववियु निर्वाचनमा नेवि संघले सभापति आफ्नो पक्षमा पर्दै आएको छ । फाईल तस्वीर