चन्द्रोदयमा गठबन्धबाट नेवि संघका अभिषेक पाण्डे सभापतिमा उम्मेद्वार

Avatar photo
Dhadingpost
मङ्लबार, फाल्गुन २७, २०८१

धादिङ । आशन्न चैत ५ गते हुने स्विवियु निर्वाचनका लागि धादिङको बेनीघाट रोराङमा रहेको चन्द्रोदव बहुमुखी क्याम्पस विशालटारमा नेवि संघ अनेरास्ववियुले गठबन्धन गरेका छन् ।

क्रान्तिकारीको अन्जना रेग्मी को एकल प्यानललाई भिड्न नेवि संघ र अनेरास्ववियुको संयुक्त गठबन्धनले नेवि संघका सभापति पदमा अभिषेक पाण्डेको नेतृत्वमा प्यानल खडा गरेको छ ।

अखिल (क्रान्तिकारी) को उम्मेद्वारहरुः सभापति-अन्जना रेग्मी, सचिव-विवेक त्रिपाठी, कोषाध्यक्ष-सुवास सुयल र सदस्यहरु निसिता माझी, रेनुका नेपाली र सुमन चेपाङ

नेवि संघ र अनेरास्ववियुको गठबन्धनका उम्मेदवारहरु: सभापति-अभिषेक पाण्डे (नेवि संघ), सचिव-सुमन थापा (अनेरास्ववियु), कोषाध्यक्ष पविन आले मगर (पियुष) (नेवि संघ), सदस्यमा लक्ष्मी अधिकारी (नेवि संघ), सजिना श्रेष्ठ (नेवि संघ) र रुपा विसुराल (अनेरास्ववियु)

गत स्ववियु निर्वाचनमा एमालेको अनेरास्ववियु र नेपाली कांग्रेसको नेवि संघको संयुक्त गठबन्धन हुँदा पनि अखिल (क्रान्तिकारी) का सञ्जित सुवेदी विजयी भएका थिए । उक्त निर्वाचनमा गठबन्धनका उम्मेदवार संगिता श्रेष्ठ (नेविसंघ) ले ७९ मत ल्याउँदा सुवेदीले ९१ मत ल्याएका थिए ।