धादिङको चन्द्रोदयमा अखिल (क्रान्तिकारी) बाट स्ववियु सभापतिमा अन्जना रेग्मीको उम्मेद्वारी

Avatar photo
Dhadingpost
मङ्लबार, फाल्गुन २७, २०८१

धादिङ । धादिङको बेनीघाट रोराङमा रहेको चन्द्रोदव बहुमुखी क्याम्पस विशालटारको स्ववियु सभापतिमा अखिल (क्रान्तिकारी) ले अन्जना रेग्मीलाई उठाएको छ ।

क्रन्तिकारीले यस क्याम्पसको चैत्र ५ गते हुने निर्वाचनमा सचिवमा विवेक त्रिपाठी, कोषाध्यक्षमा सुवास सुयल र सदस्यहरुमा निसिता माझी, रेनुका नेपाली र सुमन चेपाङलाई उठाएको छ ।

गत स्ववियु निर्वाचनमा एमालेको अनेरास्ववियु र नेपाली कांग्रेसको नेवि संघको संयुक्त गठबन्धन हुँदा पनि अखिल (क्रान्तिकारी) का सञ्जित सुवेदी विजयी भएका थिए । उक्त निर्वाचनमा गठबन्धनका उम्मेदवार संगिता श्रेष्ठ (नेविसंघ) ले ७९ मत ल्याउँदा सुवेदीले ९१ मत ल्याएका थिए ।