
धादिङ । धादिङको सिद्धलेक गाउँपालिका नलाङ र सलाङको सिमानामा पर्ने आन्तरिक तथा वाह्य पर्यटकहरुका लागि आकर्षित गन्तव्य सिद्धलेकमा भोली (फागुन १४) गते शिवरात्रीको अवसरमा भव्य पाँचौं धार्मिक मेला तथा साँस्कृतिक कार्यक्रमको अन्तिम तयारी सकिएको छ ।
सिद्धलेक ढेवाडाँडा समाजको आयोजनामा हरेक शिवरात्रीको दिन धार्मिक मेला लाग्दै आएको सिद्धलेक मन्दिर परिसरमा राष्ट्रिय कलाकारहरुको साथमा धार्मिक पर्यटन तथा साँस्कृतिक उत्सवको रुपमा मनाउन थालिएको यो पाँचौं हो ।
कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीको प्रमुख आतिथ्यतामा हुने साँस्कृतिक कार्यक्रममा गायक अर्जुन सापकोटा, गायीका भूमिका गिरी, कौडा गायक पृथ्वी गुरुङ, नवराज काप्री (भाले), बिन्दा परियार, प्रदिप बराईली, डान्सर प्रवेश श्रेष्ठ, मोडल तथा सर्जक रविन गुरुङ, मिलन विश्वकर्मा, मोडल तथा जादुगर अमिस उपरकोटी, मोडल टिका भुजेल, विकास राना मगरको प्रस्तुती रहने आयोजकले जनाएको छ ।
नलाङ र सलाङ बीचमा अवस्थित सिद्धलेकलाई धार्मिक एवं पर्यटकीय दृष्टिकोणले अत्यन्तै महत्वपूर्ण स्थलको रुपमा लिइन्छ । सिद्धेश्वर महादेवको नामबाट नामाकरण भएको उक्त स्थलमा महादेवको पूजा अर्चना गर्न शिवरात्रीमा श्रद्धालु भक्तजनहरुको ठूलो मेला लाग्ने गर्दछ। त्यसकै साथमा रहेको १ हजार ५२५ मिटर अग्लो ढेवाडाँडाबाट थुप्रै मनोरम दृष्यहरु देखिन्छन् ।
स्थानीय तहको पुनर्संरचना सँगै सिद्धबाबाको मन्दिरको नामबाट साविकका नलाङ सलाङ र कुम्पुर गाविसलाई समेटेर सिद्धलेक गाउँपालिका बनाईएको हो । सिद्धलेकलाई धार्मिक एवं पर्यटकीय दृष्टिकोणले जिल्लाकै अत्यन्तै महत्वपूर्ण स्थलको रूपमा लिइन्छ । फाईल तस्वीर
यो पनि पढौं ।
नलाङमा रहेकोे २०८ वर्षे दरबारको जानकारी