रुवी भ्यालीको राष्ट्रपति रनिङ शिल्ड फागुन १४ देखि लापामा

Avatar photo
Dhadingpost
मङ्लबार, फाल्गुन १३, २०८१

धादिङ । धादिङको रुवी भ्याली गाउँपालिकाको शिक्षा तथा खेलकुद विकास शाखाले पालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता यहि फागुन १४–१७ गते सम्म वडा नम्बर ५ स्थित लापा माध्यमिक विद्यालयको प्राङ्गणमा आयोजना गर्ने भएको छ ।

अध्यक्ष रामसिंह तामाङको प्रमुख आतिथ्यतामा हुने उक्त प्रतियोगितामा रुवी भ्यालीका चार वटा माध्याकि विद्यालयका विद्यार्थीहरु सहभागी हुने छन् ।

पालिकाबाट विजेता बनेका खेलाडीहरु जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हने छन् भने जिल्लामा पनि विजेता भएका खेलाडीहरु प्रदेश हुँदै अन्तर प्रदेश सम्म खेल्न पाउने छन् ।

गत वर्ष रुवीभ्यालीको राष्ट्रपति रनिङ शिल्ड १४ गोल्ड मेडल सहित लापा माविले जितेको थियो । १० गोल्ड मेडल ल्याई च्याम्रा देवी माध्यमिक विद्यालय दोस्रो र डोङडेन माध्यमिक विद्यालय ८ गोल्ड मेडल सहित तेस्रो भएका थिए ।