नीलकण्ठ आफैले जित्यो मेयर फुटसल कप

Avatar photo
Dhadingpost
आइतवार, फाल्गुन ११, २०८१

धादिङ । धादिङको नीलकण्ठ नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाले यहि फागुन ७ देखि १० गते सम्म आयोजना गरेको १८ टिम सहभागी प्रथम नीलकण्ठ मेयर फुटसल कप रुवी भ्याली गाउँपालिकालाई पराजित गर्दै नीलकण्ठ आफैले जितेको छ ।

विजेता भए सँगै आयोजक नीलकण्ठले १ लाख १ हजार १११ रुपियाँ आफैले राख्यो भने फाईनलमा ३ गोलले पराजित हुन पुगेको उपविजेता रुवी भ्यालीले ५१ हजार १११ रुपियाँ जितेको छ । प्रतियोगितामा धादिङ अस्पताल तेस्रो र गोर्खा नगरपालिकाले चौथो भए सँगै क्रमशः २५ हजार र २० हजार जिते ।

फुटसल एकेडेमी धादिङबेसीमा भएको यसस प्रतियोगितामा उत्कृष्ट खेलाडी धादिङ अस्पतालका डाक्टर जीवन घिमिरे घोषित भए भने ३३ गोल गर्दै नीलकण्ठका फुटबल प्रशिक्षक समेत रहेका रवि भण्डारी सर्वाधिक गोल कर्ता बने, उत्कृष्ट गोलरक्षक बल बहादुर तामाङ र उत्कृष्ट डिफेन्डर सरोज पाण्डे बन्न सफल भए उनीहरुलाई सम्मान स्वरुप जनही ६–६ प्रदान गरिएको थियो ।

नीलकण्ठ नगरपालिकाले गत वर्ष पनि यस्तै अन्तरपालिका स्तरीय (जनप्रतिनिधि, कर्मचारी र स्थायी शिक्षकले मात्रै भाग लिन पाउने) फुटसल प्रतियोगिताको आयोजना गरेको थियो त्यहि प्रतियोगितालाई निरन्तरता दिँदै यो पटक प्रथम नीलकण्ठ मेयर फुटसल कपको आयोजना गरेको हो ।